News

BID announcement GNI

शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज – दार्चुला, पीसबिन – बाजुरा, सामुदायिक विकास केन्द्र – डोटी, मालिका विकास संघ – अछाम, सेवक नेपाल – कैलाली, किर्डाक नेपाल – मुगु÷हुम्ला, सोनाहा विकास समाज – बर्दिया, संगम – म्याग्दी, सोर्डेक नेपाल – पर्वत, नौलो घुम्ती नेपाल – कास्की, पद्धती विकास सेवा केन्द्र – गोरखा, ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र – नुवाकोट, लेले सामुदायिक विकास केन्द्र – ललितपुर, आसमान नेपाल – धनुषा र दलित समाज उत्थान समिति नेपाल – महोत्तरीले १७ वटा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेकोछ। यसै परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आवद्ध २०,००० जति बालबालिकाहरुको लागि शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical
Specification/Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदन दर्ता गर्ने प्रक्रिया ः

ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले आफूले सेवा दिन चाहेको सामग्रीहरुको बोलपत्र सिलबन्दी गरी खामको बाहिर “शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद बोलपत्र” लेखी मिति १७ माघ २०७९ तद्नुसार ३१ जनवरी, २०२३ साँझ ५ः०० बजे भित्र TOR  मा उल्लेखित संस्थाको कार्यालयहरु वा गुड नेवर्स इन्टरनेशनल नेपाल, एकान्तकुना–१३, ललितपुरमा पेश गर्न सकिनेछ। बोलपत्रको आवेदन फारम, Technical Specification र TOR इमेल  procurement.icdp022@gmail.com वेभसाइटहरुः https://gninepal.org/%20work-with-us/notice/ वा  https://kirdarc.org/tender/ वा https://aasamannepal.org.np/category/news/ बाट प्राप्त गर्न सकिनेछ ।

Downloads:

Bidding Form and Technical Specifications 2023

TOR for the supply of Education Materials and School Uniform 2023 

Leave a comment

Your email address will not be published. Required fields are marked *