Uncategorized

Vacanccy for ARH Facilitator

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion and fulfillment of child rights in Nepal. Currently ASN has been working in 17 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

DETAILED JOB DESCRIPTION / REQUIREMENTS:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मिति: २०८०/०८/२२

आवेदन दिने अन्तिम मिति: २०८०/०९/०६

आसमान नेपाल अभियानकर्ता युवाहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता तथा समाज कल्याण परिषदमा आवद्ध भइ समुदायको जीवनमा गुणात्मक सुधारको लागि अधिकारमा आधारित भएर समुदाय परिचालनको माध्यमबाट काम गर्ने एक राष्ट्रिय गैरसरकारी संस्था हो । यसले बालबालिका तथा सिमान्तकृत समुदायप्रती समर्पित भई विगत २३ बर्ष देखी विभिन्न सरकारी तथा अं/गैरसरकारी संस्थाहरुसंगको साझेदारी र सहकार्यमा मधेश प्रदेश लगायत देशका १८ वटा जिल्लाहरुमा महिला, किशोरकिशोरी तथा बालबालिकाहरुको आधारभूत स्वास्थ तथा पोषण, आधारभूत गुणस्तरिय शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा तथा जीविकोपार्जन, महिला सशक्तिकरण, सुशासन, विपद् व्यस्थापन लगायतको क्षेत्रमा समुदायको जीवनमा गुणात्मक सुधारको लागि समुदाय परिचालनको माध्यमबाट अनवरत सहयोग गर्दै आइरहेको छ ।

CARE Nepal को नेतृत्वमा Association of Youth Organizations Nepal, Howard Delafield International, Jhpiego and Nepal CRS Company तथा आसमान नेपाल को संयुक्त साझेदारीमा संचालित “USAID Adolescent Reproductive Health” परियोजना १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ । 

यो कार्यक्रम धनुषा जिल्लाको आठ वाटा पालिकाहरु: (१) शहिद नगर, (२) गणेशमान चारनाथ, (३) कमला, (४) हंसपुर, (५) मिथिला बिहारी, (६) सबैला, (७) धनुषाधाम, र (८) छिरेश्वरनाथ पालिकामा संचालन हुनेछ । यस कार्यक्रमका लागि तपसिलमा रिक्त कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरुले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

क्र.सं.

पद र संख्या

योग्यता तथा जिम्मेवारीहरु

ARH Facilitator- 1 Nos. based in ARH Project Palika of Dhanusha ( Kamala) District. Age Limit: 18-35 Years Old Only.

न्यूनतम योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी वा अहेव उतिर्ण गरि ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स वा हे.अ. तह उतिर्ण गरि १ वर्षको कार्य अनुभव भएको तथा सामुदायिक स्वास्थ्य , सामाजिक परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशिकरण तथा स्वास्थ्य सम्बन्धी कार्य अनुभव भएको ।

मुख्य भूमिका र जिम्मेवारीहरु: किशोर र युवा समूहहरु र स्थानिय स्तरमा बयस्क समूहहरुको नक्साङ्कनमा सहयोग गर्ने । किशोरकिशोरी प्रजनन् स्वास्थ्यका समुहहरुमा आधारित गतिविधिहरुको लागि वाडामा समुहहरुको गठन गर्ने । विद्यालयहरुसँग समन्वय गर्ने र किशोरकिशोरी समुहहरु गठन गरि उनीहरुलाई परिवार नियोजन र प्रजनन् स्वास्थ्यको विषयमा जानकारी गर्ने ।

विस्तृत कार्य विवरण: http://bit.ly/3jb4Lcd

आवश्यक कागजातहरु:

१) व्यक्तिगत विवरण (Biodata) र बायोडाटामा एक प्रति पासपोर्ट फोटो राखेको हूनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नं., ईमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।

२) शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरु, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाणपत्र १/१ थान।

३) प्रतिलिपिहरुलाई सम्बन्धित आवेदकले नै प्रमाणित गरिएको हूनुपर्ने छ ।

४) निवेदन र उल्लेखित कागजातहरु फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ । यदि ईमेल वा अनलाईन फर्म मार्फत पेश गर्न चाहने आवेदकहरुले सबै प्रमाण पत्रहरुलाई एउटा पिडिएफ फाईल बनाई अपलोड  पठाउनुपर्ने छ ।

अनलाईन आवेदन पेश गर्न https://forms.gle/N19JSdZhhejqPVew7 लिंकमा जानुहोस ।

छनौट प्रक्रिया: छोटो सूचि प्रकाशन, लिखित, प्रयोगात्मक र अन्र्तर्वार्ता गरिनेछ ।

उमेर सीमा: १८ वर्ष देखि ३५ वर्ष बिचका उम्मेदवारहरु मात्र माथिको पदका लागि आवेदन दिन योग्यछन् । उमेर सीमा उनीहरुले गर्ने जिम्मेवारी सँग सम्बन्धित छ ।

आसमान नेपाल कुनैपनि प्रकारको दुव्र्यवहार र शोषणमा शुन्य सहनशिलता अपनाउँदछ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका वयस्कहरूलाई हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेद्वारहरूले परियोजना सम्झौतामा समेटिएका व्यक्तिको प्रावधानहरूमा बाल सुरक्षाको पालना गर्नुपर्छ ।

कर्मचारी र साझेदारहरूको अनुगमन गर्नुहोस् र आसमान  नेपाल का नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आसमान  नेपालको आचार संहिताको सुरक्षा मापदण्ड र प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नो हार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना सुनिश्चित गर्नुहोस्। साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान ।

विपन्न समूह र परियोजना जिल्लाका बासिन्दाहरूका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित १५ दिन भित्र 22 December २०२३ बेलुका ०४:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ ।

नोट: महिला, दलित, जनजाति र समाजमाा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, बञ्चितिकरणमा परेको वर्ग तथा स्थानियलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रकृयामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । आवेदन दिने अन्तिम मिति २०८०/०९/०६ गते दिनको ४:०० बजेसम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ४:०० बजेसम्म ।

आसमान नेपाल

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

फोन नं. ०४१–५२२४७३

ईमेल: info@aasamannepal.org.np

थप जानकारीको लागि संस्थाको वेवसाईट https://aasamannepal.org.np/ हेर्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *