Uncategorized

Junior Technical Assistant

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion and fulfillment of child rights in Nepal. Currently ASN has been working in 17 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

DETAILS / REQUIREMENTS:

जुनियर प्राविधिक सहायक (Junior Technical Assistant) आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मितिः २०८० – १० -२३ 

आवेदन दिने अन्तिम मितिः २०८० – १० – २९

आसमान नेपाल अभियानकर्ता युवाहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता र समाज कल्याण परिषदमा आवद्ध भइ समुदायको जीवनमा गुणात्मक सुधारको लागि अधिकारमा आधारित भएर समुदाय परिचालनको माध्यमबाट काम गर्ने एक राष्ट्रिय गैरसरकारी संस्था हो । यसले बालबालिका तथा सिमान्तकृत समुदायप्रती समर्पित भई विगत २५ बर्ष देखी विभिन्न सरकारी तथा अं/गैरसरकारी संस्थाहरुसंगको साझेदारी र सहकार्यमा यस मधेश प्रदेश लगायत देशका १८ वटा जिल्लाहरुमा महिला, किशोरकिशोरी तथा बालबालिकाहरुको आधारभूत स्वास्थ तथा पोषण, आधारभूत गुणस्तरिय शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा, कृषि तथा जीविकोपार्जन, महिला सशक्तिकरण, सुशासन, विपद् व्यस्थापनलगायतको क्षेत्रमा समुदायको जीवनमा गुणात्मक सुधारको लागि समुदाय परिचालनको माध्यमबाट अनवरत सहयोग गर्दै आइरहेको छ । हाल यसले गुड नेवर्स इन्टरनेशनल नेपाल संगको साझेदारीमा धनुषा र महोत्तरी जिल्लाको जम्मा १० वटा स्थानीय तहहरु कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, सबैला नगरपालिका, मिथिलाबिहारी नगरपालिका, मठियानी नगरपालिका, मुखियापट्टि गाउँपालिका,  सोनमा गाउँपालिका,  भँगहा नगरपालिका, बलवा नगरपालिका र महोत्तरी गाँउपालिका हरुमा  जलवायु मैत्रि कृषि परियोजना संचालनमा छ ।

बाढिको जोखिममा रहेको तराईका कृषि क्षेत्रमा जलवायु मैत्री कृषि मार्फत आर्थिक रुपमा विस्थापित श्रमिकहरुलाई पुनर्मिलन गर्ने जलवायु परिवर्तनशीलताको निर्माण, नेपाल अर्थात जलवायु मैत्री कृषि  परियोजना” कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी  KOICA) द्वारा ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (GGGI) मार्फत वित्त पोषित तीन वर्षे परियोजना हो । गुड नेवर्स इन्टरनेशनल (GNI) नेपालले मधेस प्रदेशका धनुषा र महोत्तरी जिल्लामा आसमान नेपाल सँगको साझेदारीमा यो आयोजनाको व्यवस्थापन गर्दै आएको छ । यस परियोजनाले  जलवायु मैत्री कृषि प्रविधिहरुको माध्यमबाट जलवायु परिवर्तनको जोखिमलाई कर्म  गराई खाद्यात्र र रोजगरी सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ ।  यो परियोजना विशेष गरी महिला र देश फर्केका आप्रवासी कामदारहरुको लागि  लक्षित गरिएको छ। 

जुनियर प्राविधिक सहायक

कार्य विवरण

JOB DESCRIPTION कार्य विवरण

पदजुनियर प्राविधिक सहायक ( Junior Technical Agriculture)
रिपोर्ट गर्नेकृषि प्राविधिक
समन्वय तथा सहकार्यनगर/गाँउ पालिका र कृषि प्राविधिक संग समन्वय तथा सहकार्य गर्नुपर्ने
कार्य क्षेत्रधनुषा र महोत्तरी जिल्ला
आवश्यक संख्या५ जना
संस्थाको नामआसमान नेपाल
यस पदको मुख्य उद्देश्यजुनियर प्राविधिक सहायकको मुख्य भुमिका भनेको कृषि प्राविधिकहरु लाई परियोजनाका गतिविधिहरु जस्तै तालिम, कृषक बैठक, आदि मा सहयोग गर्ने, परियोजनालाई आवश्यक पर्ने डाटाहरु संकलन गर्ने, परियोजनामा आवद्ध कृषकहरुलाई नियमित प्राविधिक सरसल्लाह प्रदान गर्ने तथा  तोकिएको  नगर/गाँउ पालिकामा  जलवायु मैत्री कृषि परियोजनाको सामुदायिक परिचालन, कार्यान्वयन र समन्वयको लागि जिम्मेवार हुने् । 

मुख्य भूमिका तथा जिम्मेवारी

कार्यक्रम क्षेत्रकार्य जिम्मेवारी
परिचालन, अनुगमन तथा मूल्याङ्कन
  • परियोजना रिपोर्टहरुको लागि आवश्यक डाटा र जानकारी प्रदान गर्नुपर्ने छ ।
  • जानकारी संकलन गर्नुपर्ने छ र कृषि प्राविधिकलाई सफलताका कथाहरु, उत्कृष्ट अभ्यासहरु र सिकेका पाठहरु तयार गर्न मद्दत गर्नुपर्ने छ ।
  • जलवायु मैत्री कृषि परियोजना  को आवश्यकता अनुसार व्यक्तिगत उद्यमीहरुको उत्पादन र बिक्रि डाटाको रेकर्ड राख्नुपर्ने छ ।
रिपोर्टिङ्ग तथा दस्तावेजीकरण
  • परियोजनाको विस्तृत कार्यान्वयन योजनाको आधारमा मासिक कार्य योजना गर्नुपर्ने छ ।
  • कार्य योजनामा उल्लेखित गतिविधिहरु कृषि प्राविधिकसँग समन्वय गरी कार्यान्वयन गर्ने ।
  • समुदायलाई  परिचालित गरिु परियोजनाको क्रियाकलापहरुमा स्थानिय सहभागिता र स्वामित्व सुनिश्चित गर्नुपर्ने छ ।
  • सम्भावित जलवायु मैत्री कृषि प्रविधिहरु पहिचान गर्नुपर्ने छ ।
  •  नगर/गाँउ पालिका र कृषि प्राविधिकसँग नजिकको समन्वयमा परियोजना गतिविधिहरुको लागि साइट र समुदाय  चयन गर्नुपर्ने छ ।
  • कृषि उद्यमीहरुको  व्यवसायिक योजनाहरु  तयार गर्न र कार्यान्वयन गर्न सहयोग गर्नुपर्ने छ ।
  • कृषि उद्यमहरुको लागि  व्यवसाय सेवा प्याकेजहरु  पहिचान गर्न परियोजना  अधिकृत र कृषि प्राविधिकलाई सहयोग गर्नुपर्ने छ । 
समन्वय
  • परियोजना गतिविधिहरुको गुणस्तर कार्यान्वयन र स्थानिय स्तरमा तालमेल निर्माण गर्नका लागि  नगर/गाँउ पालिका र वार्ड–स्तरीय सरोकारवालाहरुसँग समन्वय गर्नुपर्ने छ ।
  • कृषक समूहहरुको नियमित बैठकहरु संचालन गर्न  सहयोग गर्नुपर्ने छ ।
  • कृषक समूहहरुलाई बलियो बनाउन र उनिहरुलाई आत्मा–प्रेरित, आत्मानिर्भर र आत्मानिर्भर बनाउन प्रोत्साहित गर्नुपर्ने छ ।
अन्य
  • कृषि उद्यमीहरुलाई नियमित  व्यवसाय परामर्श प्रदान गर्नुपर्ने छ ।
  • किसानहरुलाई साइटमा नियमित प्राविधिक सहयोग प्रदान गर्नुपर्ने छ ।
  • समुदायमा कृषक समूहहरुलाई सम्बन्धित निकायमा दर्ता गराई संस्थागत गर्न सहयोग गर्नुपर्ने छ ।
  • परियोजनाको आवश्यकता अनुसार क्षेत्र–आधारित कार्यशाला र तालिम  संचालन गर्नुपर्ने  छ ।
  • संस्था तथा परियोजनालाई आवश्यक पर्ने अन्य तोकिएको कार्य तथा जिम्मेवारीहरु पुरा  गर्नुपर्ने छ । 
आवश्यक योग्यता

अनिवार्य मापदण्ड

  • सामुदायिक परिचालन र कृषि विकास परियोजनाहरुको कार्यान्वयनमा कम्तिमा एक वर्षको अनुभवको साथ न्यूनतम प्राविधिक TSLC–कृषि (बाली विज्ञान)
  • पर्यावरण–मैत्री र जलवायु मैत्री कृषिमा कार्य अनुभव भएका उम्मेदवारलाई विशेष महत्व दिइने छ । 
  • सामुदायिक परिचालन र संचार कौशल हुनुपर्छ ।
  • दुई पाङग्रे सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
  • स्थानिय भाषा (मैथली) लाई प्राथमिकता दिइनेछ । 
 

प्राथमिकतामा प्राप्त गर्ने मापदण्ड

  • स्थानियहरु, विषेश गरी महिलाहरु र जातीय वा  सिमान्तकृत समुदायका सदस्यहरुलाई यो पदको लागि आवेदन दिन प्रोत्साहित गरिन्छ ।
  • अन्तिम मिति पछि प्रप्त आवेदनहरु  विचार गरिने छैन र थप प्रक्रियाको लागि सर्टलिस्ट गरिएका उम्मेद्वारहरुलाई मात्र सूचित गरिनेछ ।
  • भर्ती प्रक्रियाको कुनै पनि चरणमा प्रचार गर्दा उम्मेदवारको स्वतः अयोग्ग हुनेछ ।

आसमान नेपालसँग दुव्र्यवहार र कमजोर व्यक्तिहरूको शोषण विरुद्धको शून्य सहनशीलता नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट आसमान  नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आसमान नेपालको आचार संहिता, सुरक्षा मापदण्ड र प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भउको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।

सिमान्तकृत समुदाय, विपन्न समूह र परियोजना जिल्लाका बासिन्दाहरूका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ । इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको CV,आवेदन पत्र र  शौक्षिक प्रमाणपत्रहरु  १ थान  प्रतिलिपि सहित ७ दिनभित्र ( बेलुका २०८०- १०- २९ गते ०५:०० बजेसम्म) आसमान नेपाल जनकपुरधामको कार्यालयमा बुझाउन सकिनेछ । 

नोटः महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायवर्ग, बञ्चितिकरणमा परेको समुदायवर्ग तथा स्थानिय व्यक्तिहरुलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।  आसमान नेपालले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । 

आसमान नेपाल

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

फोन नं. ०४१-५२२४७३

ईमेल: asncsa2024@gmail.com

थप जानकारीको लागि संस्थाको वेभसाईट http://aasamannepal.org.np/ हेर्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *