Careers

उडान सहजकर्ता (Udaan Facilitator)

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion and fulfillment of child rights in Nepal. Currently ASN has been working in 17 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / requirements:

उडान सहजकर्ता (Udaan Facilitator)

आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मितिः  ३ जेष्ठ, २०८१

आवेदन दिने अन्तिम मितिः ९ जेष्ठ, २०८१

आसमान नेपाल अभियानकर्ता युवाहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता र समाज कल्याण परिषदमा आवद्ध भइ समुदायको जीवनमा गुणात्मक सुधारको लागि अधिकारमा आधारित भएर समुदाय परिचालनको माध्यमबाट काम गर्ने एक राष्ट्रिय गैरसरकारी संस्था हो । यसले बालबालिका तथा सिमान्तकृत समुदायप्रती समर्पित भईविगत २३ बर्षदेखी विभिन्न सरकारी तथा अं/गैरसरकारी संस्थाहरुसंगको साझेदारी र सहकार्यमा यस मधेश प्रदेश लगायत देशका १८ वटा जिल्लाहरुमा महिला, किशोरकिशोरी तथा बालबालिकाहरुको आधारभूत स्वास्थ तथा पोषण, आधारभूत गुणस्तरिय शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा तथा जीविकोपार्जन, महिला सशक्तिकरण, सुशासन, विपद् व्यस्थापनलगायतको क्षेत्रमा समुदायको जीवनमा गुणात्मक सुधारको लागि समुदाय परिचालनको माध्यमबाट अनवरत सहयोग गर्दै आइरहेको छ । हाल यसले CARE Nepal संगको साझेलारीमा धनुषा जिल्लाको ८ वटा स्थानीय तहहरु शहिदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका, मिथिलाबिहारी नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाहरुमा USAID Adolescent Reproductive  Health परियोजना संचालनमा छ ।

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा  Association of Youth Organizations Nepal (AYON), Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company  संगको सयुक्त साझेदारीमा  १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त बाताबरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यसै क्रममा यस संस्थाले केयर नेपालसंगको साझेदारीमा धनुषा जिल्लाको सबैला नगरपालिका, क्षिरेश्वोरनाथ र मिथिलाबिहारी नगरपालिकामा यूएसएआइडीे एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना (USAID ARH project) अन्तर्गत तपसिल अनुसारको स्थानका लागि उडान सहजकर्ता (Udaan Facilitator) पदमा योग्य र अनुभवी महिला उम्मेदवारहरु आवश्यक भएकोले इच्छुक स्थानीय महिला उम्मेदवारहरुले बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी सहित आसमान नेपाल कार्यालय समयभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । आवेदन https://forms.gle/5YfVVx8UmtMTvuFN9 पठाउन सकिने छ, वा कार्यालयमा उपस्थित भई दिन सकिने छ ।

कर्मचारी ( उडान सहजकर्ता ) कार्य विवरण

पदःउडान सहजकर्ता (Udaan Facilitator)
आवश्यक संख्या२ जना महिला (क्षिरेश्वरनाथ २ जना)
योग्यताःबी.एड. वा सो सरह (स्नातक तह) उत्तीर्ण वा १०+२ उत्तीर्ण गरी कम्तिमा तीन वर्षको अनौपचारिक शिक्षा सम्बन्धि बिषयमा कार्य अनुभव भएको ।
उमेर हदः१८ देखि ४० वर्ष ननाघेको
सेवा सुविधाःसंस्थाको नियमानुसार।
आवेदन दिने अन्तिम मिति९ जेष्ठ २०८१, साँझ ५ः०० बजेसम्म 
परीक्षाको किसिमःलिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Short List) मा छनौट भएका उम्मेदबारहरुलाई मात्र लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।)
परियोजनाःयूएसएआइडीे एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ
प्राथमिकतास्थानीय महिला, दलित, सिमान्तकृत समुदाय , कामको अनुभव र सम्बन्धित गाउँपालिकाको आवेदक लाई बिशेष ग्राहयता दिईनेछ ।

मुख्य भूमिका तथा जिम्मेवारी(Main Duties/Responsibilities):

कार्यक्रम क्षेत्रकार्य जिम्मेवारी
परिचालन
  • कार्यक्षेत्र भित्रका १० देखि १४ बर्षसम्मका विद्यालय छोडेका वा कहिल्यै विद्यालय नगएका किशोरीहरुको तथ्यांक संकलन गर्ने ।
  • मातृ विद्यालय तथा उडाने सेन्टर  संचालन का लागि सुरक्षित स्थान (Safe Space) छनौट गर्न सहजीकरण गर्ने उडान सेन्टरको दिवा खाजाका लागि तथा अन्य व्यवस्थापनको कार्य गर्ने ।
  • उडान सेन्टरका बालिकाहरुको उपस्थिति रुजु गरी फलोअपका लागि घरदैलो गर्ने ।
  • किशोरी समुहमा मासिक रुपमा अतिरिक्त क्रियाकलापहरु गराउने ।
  • मासिक रुपमा अभिभावक समुहको बैठक तथा सत्र संचालन गराउने ।
  • परियोजनाको योजना अनुसार संचालन हुने बैठक, कार्यशाला, तालिम, सेमिनार, अभियान  आदिमा सहभागी हुने र संचालनमा सहयोग गर्ने
उडान कक्षा संचालन तथा अनुगमन र मूल्याङ्कन गर्ने
  • नियमित रुपमा उडान कक्षा संचालन गर्ने र किशोरीहरुको प्रगति, सिकाईस्तरलाई निरन्तर निरीक्षण तथा मूल्यांकन गर्ने ।
  • मासिक कार्ययोजना बनाउने र शैक्षिक सामाग्री तथा सुविधाहरुको नजिकबाट निगरानी  गर्दै सो को उपलब्धता समेत सुनिश्चित गर्ने ।
प्रतिबेदन तथा दस्तावेजीकरण
  • ARH GESI Officer लाई गतिविधिहरुको साप्ताहिक, मासिक, त्रैमासिक, अद्र्यवार्षिक, वार्षिक र् आवश्यकता अनुसारको रिपोर्टहरु तयार गर्न सहयोग गर्ने ।
  • विशिष्ट सिकाई परिणामहरुका ट्रयाकिङ्ग, मूल्यांकन र रिपोर्टिङ्ग तथा दस्तावेजीकरण गर्ने ।
  • कार्यक्रम कार्यान्वय सम्बन्धी कागजातहरु जस्तै: माइन्यूट, डाटाबेस परिणाम फाराम, घटना अध्ययन, सफलताको कथा लगायत लक्षित वर्गको जीवन परिवर्तन सम्बन्धी प्रमाणहरु संकलन गर्ने र रिपोर्टिङ्ग गर्ने ।
समन्वय तथा सहकार्य
  • सहज रुपमा परियोजना कार्यान्वयन तथा कार्यक्रमको प्रभावकारिताको लागि स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरुसंग नियमित रुपमा समन्वय तथा सहकार्य गर्ने ।
  • स्थानीय स्तरमा अभियानहरु (व्यक्तिगत घटना दर्ता, विद्यालय भर्ना अभियान, बालविवाह विरुद्धको अभियान)  संचालन गर्न स्थानीय सरकारसंग समन्वय गर्ने ।
  • विभिन्न सरोकारवाला र स्थानीय साझेदारहरु  आबश्यकता अनुसार  (गाउँ/नगर पालिका, वडा कार्यालय, शिक्षा समिति,  बाल संरक्षण समिति, विद्यालय, आदि) बैठक आयोजना गर्ने ।
अन्य
  • संस्थागत नीति, दिशा निर्देश, विनियम तथा नियमावलीलाई अनिवार्य रुपमा पालना गर्ने ।
  • बाल संरक्षण नीति, लैङ्गिक नीति, जालसाजी बिरुद्धको जस्ता नीतिलाई शुन्य सहनशीलता अन्तर्गत अनिवार्य रुपमा पालना गर्नुपर्ने ।
  • संस्था तथा परियोजनालाई आवश्यक पर्ने अन्य तोकिएको कार्य तथा जिम्मेवारीहरु पुरा गर्ने ।

आसमान  नेपालसँग दुव्र्यवहार र कमजोर व्यक्तिहरूको शोषण विरुद्धको शून्य सहनशीलता नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट आसमान  नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आसमान नेपालको आचार संहिता, सुरक्षा मापदण्ड र प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भउको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।

सिमान्तकृत समुदाय, विपन्न समूह र परियोजना जिल्लाका बासिन्दाहरूका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ । इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको CV र प्राप्त प्रमाणपत्रहरुको १/१ थान प्रतिलिपि सहित ७ दिनभित्र ( बेलुका २०८१/०२/०९ ०५ः०० बजेसम्म) https://forms.gle/5YfVVx8UmtMTvuFN9  मा इमेल मार्फत वा कार्यालयमा उपस्थित भई पेश गर्न अनुरोध गरिन्छ।

नोटः महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायरूवर्ग, बञ्चितिकरणमा परेको समुदायरूवर्ग तथा स्थानिय व्यक्तिहरुलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।ASN ले कुनै पनिकारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ ।

आसमान नेपाल

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

फोन नं: ०४१–५२२४७३

ईमेल: info@aasamannepal.org.np

थप जानकारीको लागि संस्थाको वेवसाईट  https://aasamannepal.org.np/ हेर्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *