Uncategorized

MIS and Database Associate

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion, and fulfillment of child rights in Nepal. Currently ASN has been working in 25 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / Requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मितिः २०८१/०४/०१

आवेदन दिने अन्तिम मितिः २०८१ – ०४ – ०७

आसमान नेपाल अभियानकर्ता युवाहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता र समाज कल्याण परिषदमा आवद्ध भइ समुदायको जीवनमा गुणात्मक सुधारको लागि अधिकारमा आधारित भएर समुदाय परिचालनको माध्यमबाट काम गर्ने एक राष्ट्रिय गैरसरकारी संस्था हो । यसले बालबालिका तथा सिमान्तकृत समुदायप्रती समर्पित भईविगत २३ बर्षदेखी विभिन्न सरकारी तथा अं/गैरसरकारी संस्थाहरुसंगको साझेदारी र सहकार्यमा यस मधेश प्रदेश लगायत देशका १८ वटा जिल्लाहरुमा महिला, किशोरकिशोरी तथा बालबालिकाहको आधारभूत स्वास्थ तथा पोषण, आधारभूत गुणस्तरिय शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा तथा जीविकोपार्जन, महिला सशक्तिकरण, सुशासन, विपद् व्यस्थापनलगायतको क्षेत्रमा समुदायको जीवनमा गुणात्मक सुधारको लागि समुदाय परिचालनको माध्यमबाट अनवरत सहयोग गर्दै आइरहेको छ । हाल यसले केयर नेपाल संगको साझेलारीमा धनुषा जिल्लाको ८ वटा स्थानीय तहहरु शहिदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका, मिथिलाबिहारी नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाहरुमा यूएसएआईडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना संचालनमा छ ।

USAID ADOLESCENT REPRODUCTIVE HEALTH परियोजना CARE Nepal को नेतृत्वमा Association of Youth Organizations Nepal , Howard Delafield International, Jhpiego and Nepal CRS Company को संयुक्त साझेदारीमा १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशोरीहरुलाई प्रजनन् स्वास्थ्यकाबारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यकाबारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यकाबारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ । 

यसै क्रममा आसमान नेपालले केयर नेपालसंगको साझेदारीमा धनुषा जिल्लाको शहिदनगर, गणेशमानचारनाथ, कमला, हंसपुर, मिथिलाबिहारी, सबैला, धनुषाधाम, र क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरुले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

क्र.सं.पद र संख्यायोग्यता तथा जिम्मेवारीहरु
MIS and Database Associate – 1 Nos. based in Janakpur 

न्यूनतम योग्यता, अनुभव तथा सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित क्षेत्रमा हाई स्कूल (+2 Degree) डिग्रीगरि सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् स्वास्थ्य सक्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको । स्नातक प्राथमिकता दिने ।

मुख्य भूमिका र जिम्मेवारीहरुः ARH MEAL योजनाअनुसार अनुगमनगर्ने, राम्रा अभ्यासहरुको अभिलेखिकरण गर्ने र परियोजना परिणाम ढाँचाको आवधिक डेटा संकलन गर्ने । परियोजनाको टिमलाई प्राविधिक सहयोग प्रदानगरि प्रभावकारी रुपमा परियोजना डेटा संकलन गर्ने ।

विस्तृत कार्य विवरणः Click Here

आसमान  नेपालसँग दुव्र्यवहार र कमजोर व्यक्तिहरूको शोषण विरुद्धको शून्य सहनशीलता नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट आसमान  नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आसमान नेपालको आचार संहिता, सुरक्षा मापदण्ड र प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भउको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।

आवश्यक कागजातहरुः

१)     व्यक्तिगत विवरण (Biodata) र बायोडाटामा एक प्रति पासपोर्ट फोटो राखेको हूनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नं., ईमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।

२)     शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरु, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाणपत्र १/१ थान।

३)     प्रतिलिपिहरुलाई सम्बन्धित आवेदकले नै प्रमाणित गरिएको हूनुपर्ने छ ।

४)     निवेदन र उल्लेखित कागजातहरु फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ । यदि ईमेल वा अनलाईन फर्म मार्फत पेश गर्न चाहने आवेदकहरुले सबै प्रमाण पत्रहरुलाई एउटा पिडिएफ फाईल बनाई अपलोड  पठाउनुपर्ने छ ।

अनलाईन आवेदन पेश गर्न लिंकमा https://forms.gle/hsosVea4mBNa94rW7  जानुहोस 

छनौट प्रक्रियाः छोटो सूचि प्रकाशन, लिखित, प्रयोगात्मक र अन्र्तर्वार्ता गरिनेछ ।

उमेर सीमा: १८ वर्ष देखि ४५ वर्ष बिचका उम्मेदवारहरु मात्र माथिको पदका लागि आवेदन दि)न योग्यछन् । उमेर सीमा उनीहरुले गर्ने जिम्मेवारी सँग सम्बन्धित छ ।

विपन्न समूह र परियोजना जिल्लाका बासिन्दाहरूका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको Biodata सहित ७ दिन भित्र (22 July 2024) साँझ ०५ः०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ ।

नोटः महिला, दलित, जनजाति र समाजमाा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, बञ्चितिकरणमा परेको वर्ग तथा स्थानियलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रकृयामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य÷अयोग्य ठहराउने अधिकार सुरक्षित राख्छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । आवेदन दिने अन्तिम मिति २०८१/०४/०७ गते दिनको ५ः०० बजेसम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५ः०० बजेसम्म ।“this vacancy is subject to funding approval”.

आसमान नेपाल

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

फोन नं. ०४१–५२२४७३

ईमेलः info@aasamannepal.org.np

थप जानकारीको लागि संस्थाको वेवसाईट https://aasamannepal.org.np/ हेर्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *